ट्रम्पको आदेशपछि अमेरिकामा रहेका भारतीय कम्पनी चिन्तित

Everest Fuji News २०७४ बैशाख ६ मा प्रकाशित       Published at 2017 Apr 19


वासिङटन : बिशेष दक्षता आवश्यक पर्ने क्षेत्रमा काम गर्ने विदेशीलाई दिइने प्रवेशाज्ञा सम्बन्धी कार्यक्रममा समीक्षा गर्न ल्याइएको नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि अमेरिकामा रहेका भारतीय कम्पनीहरु चिन्तित देखिएका छन । अमेरिकामा एचवानबी प्रवेशाज्ञा प्रयोग गर्नेमा सबै भन्दा धेरै संख्यामा भारतीय नागरिक छन । भारतको सबै भन्दा ठूलो आइटी कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेसका अधिकारीहरुले अमेरिकामा भइरहेका पछिल्ला बहसलाई भावनामा बहेको टिप्पणी गरेका छन । भारतीय कम्पनीहरुले एनवानबी प्रवेशाज्ञा सम्बन्धी अडानमा ट्रम्प प्रशासन लचिलो हुने अपेक्षा गरेका छन । बाइ अमेरिकन एण्ड हायर अमेरिकन अर्थात अमेरिकी उत्पादन खरिद गर्न र अमेरिकाहरुलाई काममा लगाउन प्रोत्साहित गर्ने सो आदेशपछि ट्रम्पले विस्कन्सिनमा ट्रम्पले भन्नुभयो ‘पछिल्लो कदमसँगै हामीले आफना कामदार र रोजगारीलाई संरक्षण गर्नेछौ तथा अमेरिकालाई सबै भन्दा पहिलो प्राथमिकता दिनेछौ भन्ने सन्देश विश्वलाई दिएका छौ ।’ ट्रम्पकी पत्नी मेलानियाले न्यूयोर्कमा मोडलका रुपमा काम गर्दा एचवानबी प्रवेशाज्ञा लिएकी थिइन । एचवानबी प्रवेशज्ञा अत्यन्तै सक्षम तथा असाध्यै धेरै तलव दिइएका निवेदकले मात्रे पाउन भन्ने उद्देश्यले पछिल्लो योजना ल्याइएको अमेरिकी अधिकारीहरुले बताएका छन । एजेन्सी 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.