काठमाडौं । भारतका उद्योगपति विजय माल्या लण्डनमा पक्राउ परेका छन् । उनलाई प्रत्यर्पण वारेन्टका आधारमा मंगलबार विहान लण्डनमा पक्राउ गरिएको हो ।
उनी पछिल्लो समय लण्डन बस्दै आएका थिए । उनलाई अब बेलायती अदालतमा पेश गरिनेछ ।
माल्यालाई भारतमा ‘विलफुल डिफल्टर’ घोषणा गरिएको छ । उनीमाथि भारतमा बैंकहरुलाई ९००० करोड भारु ऋण नतिरेको आरोप लागेको छ ।