टर्कीका राष्ट्रपति जनमतसंग्रहमा विजयी बनेपछि ट्रम्पको बधाइ

Everest Fuji News २०७४ बैशाख ५ मा प्रकाशित       Published at 2017 Apr 18


टर्की । टर्कीको जनमतसंग्रहमा विजयी बनेपछि राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बधाइ दिएका छन्। विजयसँगै राष्ट्रपतीय अधिकार वृद्धि गर्ने एर्दोगानको योजना सफल हुने भएको छ। जनमतसंग्रहमा ५१.४ प्रतिशत जनताले संविधानमा राष्ट्रपतीय अधिकार वृद्धिको पक्षमा मत दिएको बताइएको छ। एर्दोगानलाई फोनमार्फत बधाइका साथ ट्रम्पले सिरियामा मिसाइल आक्रमणको बेला टर्कीले गरेको समर्थनका लागि पनि धन्यवाद दिएका छन्। निर्वाचन पर्यवेक्षकहरुले दुवै पक्षले प्रतिस्पर्धाका लागि समान अवसर नपाएको बताइँरहँदा एर्दोगानले भने टर्कीको संकटकाल थप तीन महिना लम्ब्याएका छन्। एजेन्सी


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.