विश्वकी जेठी महिला एम्माको १ सय १७ वर्षको उमेरमा निधन

Everest Fuji News २०७४ बैशाख ३ मा प्रकाशित       Published at 2017 Apr 16


इटाली । विश्वको सबैभन्दा जेठी महिला एम्मा मोरानोको १ सय १७ वर्षको उमेरमा निधन भएको छ। उनी १९ औं सताब्दीकी अन्तिम जीवित व्यक्ति भएको इटालीको मिडियाले बताएको छ। एम्माको जन्म २९ नोभेम्बर १८९९ मा भएको थियो। उनको निधन उत्तरी इटालीस्थित वर्बानियामा रहेको आफ्नै घरमा भएको बताइएको छ। वर्बानियाका मेयरले भने–‘उनको जीवन साधारण थियो। जीवनमा अगाडि बढ्ने प्रेरणाका लागि उनको सम्झना गर्नेछौँ।’


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.