उत्तर कोरियाको तनाव समाधान गर्न सी जीनपिङ र ट्रम्पबीच बार्ता

Everest Fuji News २०७३ चैत्र ३० मा प्रकाशित       Published at 2017 Apr 12


काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीनपिङले उत्तर कोरियाको तनाव शान्तिपूर्ण रुपमा समाधान गर्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई आग्रह गरेका छन् । दुई नेताबीचको टेलिफोन कुराकानीमा सीले कोरियाली प्रायद्विपलाई आणविक हतियार रहित बनाउने लक्ष्यमा चीन प्रतिबद्ध रहेको बताउनु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । शान्ति र स्थिरता बनाइराख्न र शान्तिपूर्ण माध्यमबाट समस्याको समाधानका लागि चीनले वकालत गर्ने चिनियाँ राष्ट्रपतिको भनाई थियो । मंगलबार मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले सहयोग नगरे अमेरिका एक्लैले उत्तर कोरिया विरुद्ध कारवाही गर्न नडराउने ट्वीट गरेका थिए । कोरियाली प्रायद्विपममा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाब थप बढेको छ । उत्तर कोरियाले भने संयुक्त राष्ट्रसंघको प्रतिबन्धको वेवास्ता गर्दै मिसाइल परिक्षण गरिरहेको छ । अमेरिकासंग युद्धका लागि तयार रहेको उत्तरको भनाई छ । -एजेन्सी


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.