विमानमा उड्दा–उड्दै बच्चा जन्मिएपछि....

Everest Fuji News २०७३ चैत्र २७ मा प्रकाशित       Published at 2017 Apr 09


एजेन्सी : एक गर्भवतीले विमानमै बच्चा जन्माएकी छिन्। टर्किस एयरलाइन्सको बोइङ ७३७ को विमानले ४२ हजार फिटमाथि अर्थात् १२ हजार आठ सय मिटरमाथि उडान गर्दागर्दै एक गर्भवतीले बच्चा जन्माएकी हुन्। गिनीको राजधानी कानकरीबाट वागाडुग हुँदै स्तानबुलका लागि उडेको क्याविन क्रुलेमा यात्रा गरिरहेकी गर्भवतीले बालिकालाई जन्म दिएकी हुन्। विमान उडिरहेको समयमा प्रसवपीडा भएपछि विमानमा रहेका केही यात्रुले उनलाई साथ दिएका थिए। केही यात्रुको साथमा विमानले आकाशमै नयाँ यात्रुलाई स्वागत गरेको हो। विमान बुर्किना फासोको राजधानी वागाडुग पुगेपछि आमा र बच्चालाई अस्पताल लगिएको बिबिसीले जनाएको छ। विमानमा रहेका यात्रुले विमानमै जन्मिएकी बालिकाको नाम काडिजू राखिदिएका छन्। उनको र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताइएको छ। टर्कीस एयरलाइन्सले विज्ञप्ति सार्वजनिक गर्दै नाफी डिबी २८ महिनाकी गर्भवती भएको बताएको छ। उसको विज्ञप्तिमा भनिएको छ, ‘२८ हप्ता बढीकी गर्भवतीलाई प्रसवपीडा सुरु भएको देखेर उनलाई तत्काल सहयोग गर्नुपरेको थियो।’


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.