Everest Fuji News२०७३ चैत्र २६ मा प्रकाशितPublished at 2017 Apr 08
अमेरिकामा फेरि अर्को भारतीय युवकको हत्या भएको छ। शुक्रबार अमेरिकाको वाशिङ्टनमा २६ वर्षीय युवाको हत्या भएको भारतीय विदेशमन्त्री सुषमा स्वराजले ट्विटमार्फत जानकारी दिएकी छिन्। उनले विक्रम जर्याल नाम गरेका युवकमाथि आक्रमण भएको र उनको निधन भएको रिपोर्ट आफूसमक्ष आएको जानकारी दिएकी छिन्।
उनको हत्या के कारण भएको हो? यसको पुरा व्यहोरा आइसकेको छैन्। तर, यो घटनालाई पनि अमेरिकामा बाहिरका व्यक्तिमाथि बढ्दै गएको ‘घृणा राजनीति’ को उपज मानिएको छ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति नियुक्त भएपछि ३ भारतीयको हत्या भइसकेको छ। विक्रम जर्याल काम गर्न २५ दिनअघि मात्र अमेरिका गएका थिए। उनी आफ्नो परिवारीक मित्रको एउटा ग्यास स्टेशनमा क्लर्कको भूमिकामा काम गर्दै आइरहेका थिए।
जर्याल पञ्जावको होसियारपुर निवासी हुन्। दुई नकाबधारीको बन्दुकको गोलीले लागेर उनको निधन भएको बताइएको छ।