सिरियामाथि अझै आक्रमण गर्ने अमेरिकी चेतावनी, राष्ट्रसंघ चिन्तित

Everest Fuji News २०७३ चैत्र २६ मा प्रकाशित       Published at 2017 Apr 08


काठमाडौं । अमेरिकाले सिरियामाथि मिसाइल आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघले परिस्थिति अरु बिग्रनसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अवस्था अरु बिग्रन नदिनेतर्फ सचेत रहन आग्रह गरेका हुन् । अमेरिकी आक्रमणलाई सिरियाले भने गैरजिम्मेवार र हतारमा उठाएको कदम भनेको छ । रासायनिक आक्रमणका लागि प्रयोग गरेको सैन्य अड्डालाई निशाना बनाउँदै अमेरिकाले शुक्रबार सिरियामाथि मिसाइल प्रहार गरेको थियो । सुरक्षा परिषदकै अध्यक्षता गरिरहेको अमेरिकाको राष्ट्रसंघका लागि राजदूत निकी हेलीले शुक्रवारको आक्रमण चेतावनीका लागि मात्र भएको र सिरियाले नचेते अझै अरु कार्वाही गर्न पनि अमेरिका तयार रहेको चेतावनी दिए । हेलीले त्यहाँसम्म पुग्न नपरोस् भन्ने चाहना अमेरिकाको रहेका पनि बताए । अमेरिकी आक्रमणमा परेर ६ जना मारिएको खबर पनि छ । अमेरिकी आक्रमणको ब्रिटेन, फ्रान्स, टर्की, आउदी अरबसहित अमेरिकी मित्रहरुले समर्थन गरेका छन् । रुस, इरान जस्ता मुलुकले भने आक्रमणको निन्दा गरेका छन् । आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरी आमहत्या गरेको भन्दै सिरियाली शासक बशर अल असदविरुद्ध क्रूद्ध बनेको अमेरिकाले सिरियाली हवाई अखडालाई निशाना बनाई ५९ वटा टामहाक क्रूज मिसाइल प्रहार गरेको थियो । राष्ट्रपति असदको शासनविरुद्ध ६ वर्षदेखि लगातार भइरहेको गृहयुद्धमा झण्डै तीन लाख मानिस मारिइसकेका छन् भने लाखौंलाख सर्वसाधारण सिरियाबाट पलायन भएका छन् । (एजेन्सी)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.