उत्तर कोरियाको परमाणु कार्यक्रमको समाधान अमेरिकाले नै समाधान गर्छः ट्रम्प

Everest Fuji News २०७३ चैत्र २१ मा प्रकाशित       Published at 2017 Apr 03


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले सृजना गरेको परमाणु खतरालाई अमेकिारले नै समाधान गर्ने दाबी गरेका छन् । ब्रिटिस पत्रिका द फिनान्सिएल टाइम्ससँगको कुराकानीमा उनले चीनले साथ नदिए पनि अमेरिकाले नै उत्तर कोरियाको परमाणु कार्यक्रमको समाधान खोज्ने बताएका हुन् । चीनले साथ नदिएको अवस्थामा आफु एक्लै पनि उत्तर कोरियाले सृजना गरेको परमाणु खतरालाई रोक्न सफल हुने उनको दाबी थियो । चीन उत्तर कोरियाको निकै नजिकको मित्र भएको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रमले सृजना गरेको खतराको समाधान खोज्नु चीनको पनि दायित्व भएको उल्लेख गरेका छन् । (एजेन्सी)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.