Everest Fuji News२०७३ चैत्र २० मा प्रकाशितPublished at 2017 Apr 02
काठमाडौं । पाकिस्तानको पन्जाब प्रान्तको सरगोधा सहरनजिक धार्मिकस्थलमा २० जनाको हत्या भएको छ । मारिनेमा १७ पुरुष र तीन महिला छन् ।
सुफी समुदायका महम्मद अली गुजारका अनुयायीहरु सहभागी रहेको कार्यक्रममा आक्रमण हुँदा अरु कैयौं घाइते भएका छन् ।
उक्त धार्मिकस्थलको हेरचाह गर्ने व्यक्तिले धारिलो हतियारले आक्रमण गरेको बताइएको छ । घाइतेहरुको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ ।
गत शुक्रबार रातिबाट आक्रमण सुरु गरिएको भएपनि प्रहरीलाई शनिबारमात्र घटनाबारे जानकारी प्राप्त भएको बताइएको छ ।
कार्यक्रममा आएका व्यक्तिहरुलाई सुरुमा विषाक्त खाना खुवाएपछि उनीहरुलाई धारिलो हतियारले आक्रमण गरिएको थियो ।
घटनाका मुख्य शंकास्पद व्यक्ति अब्दुल वाहिद र उनका तीनजना साथीले आक्रमण गरेको प्रहरीले जनाएको छ । (एजेन्सी)