कोलम्बियामा बाढी पहिरोमा परी दुई सय ६ जनाको मृत्यु, २ सय २२ बढी बेपत्ता
Everest Fuji News२०७३ चैत्र २० मा प्रकाशितPublished at 2017 Apr 02
काठमाडौं । लेटिन अमेरिकी मुलुक कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण कम्तिमा दुई सय ६ जनाको ज्यान गएको छ ।
बाढी पहिरोमा परि २ सय २२ जना भन्दा धेरै बेपत्ता भएका छन् । २ सय २ जना घाइते भएको जनाईएको छ ।
पुटुमायो प्रान्तका कैंयौ गाँउ पहिरोले पुरिएका छन् । प्रान्तका अधिकांश घरमा क्षति पुगेको रेड क्रेसले जनाएको छ ।
लगातारको वर्षाले स्थानीय नदीमा पानीको बहाव उच्च हुँदा विभिन्न बाँध फुटेका छन् । बाढीले तटीय क्षेत्रका वस्ती ध्वस्त बनाएको छ ।
राष्ट्रपति हुँवा म्यानुएल सान्तोसले प्रभावित क्षेत्रको अवलोकन गरेपछि त्यहाँ आपतकालिन अवस्था घोषणा गरेका छन् ।
उद्धार तथा राहतका लागि ११ सय भन्दा धेरै सैनिक तथा प्रहरी खटाईएको छ । (एजेन्सी)