पाराग्वेमा विपक्षी प्रदर्शनकारीबाट कंग्रेस भवनमा आगजनी

Everest Fuji News २०७३ चैत्र १९ मा प्रकाशित       Published at 2017 Apr 01


काठमाडौं । पाराग्वेको राजधानी असुन्सिअनमा विपक्षी प्रदर्शनकारीहरुले कंगे्र्रस भवनमा आगजनी गरेका छन् । राष्ट्रपतिले दोस्रो कार्यकालका लागि पनि निर्वाचन लड्न पाउने प्रस्ताव विरुद्ध प्रदर्शनकारीले व्यवस्थापिकामा धावा बोलेका हुन् । संसदमा दुई घण्टासम्म आगजनी भएको अधिकारीहरुले जनाएका छन् । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा भएको झडपमा दर्जनौं प्रदर्शनकारी घाईते भएका छन् । प्रस्तावले मुलुकको प्रजातान्त्रिक प्रणालीलाई कमजोर पार्ने विपक्षीको तर्क छ । पाराग्वेमा ३५ वर्षको तानाशाही व्यवस्था पछि सन् १९९२ को संविधानले राष्ट्रपतिको कार्यकाल पांच वर्षको मात्र हुने सीमा तय गरेको थियो । तर वर्तमान राष्ट्रपति होराक्टियो कार्टेसले भने यो सीमा हटाउदै दोस्रो कार्यकालका लागि पनि निर्वाचनमा लड्न पाउने गरि कानुन तयार पार्ने प्रयास गर्नु भएको छ । कंग्रेसमा राष्ट्रपति कार्टेजको पार्टीको बहुमत छ । (एजेन्सी)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.