Everest Fuji News२०७३ चैत्र १२ मा प्रकाशितPublished at 2017 Mar 25
अमेरिकी राजनीतिमा सक्रिय नेपाली मुलका ह्यारी (एचबी) भण्डारीलाई बाल्टिमोर काउन्टीले ‘एसियन अमेरिकन एक्सिलेन्स’ अवार्ड प्रदान गर्ने भएको छ । भण्डारीसहित अन्य चारजना एसियन अमेरिकनलाई आगामी मे ९ तारिखमा आयोजना हुने एक समारोहका अवार्ड प्रदान गरिने बाल्टिमोर काउन्टीले बिहीबार जनाएको छ ।
आठ लाख जनसंख्या रहेको बाल्टिमोर काउन्टीमा एसियन अमेरिकनको हैसियतमा उल्लेखनीय योगदान दिएबापत भण्डारीलाई उक्त अवार्ड दिन लागिएको हो । उनी बाल्टिमोर काउन्टीस्थित लिनओभर कम्युनिटी एशोसिएसनका स्वयम्सेवी अध्यक्ष समेत हुन् । अंग्रेजी विषयको अध्यापन पेसामा सक्रिय पर्वत मूलघर भएका भण्डारी सन् २०१४ मा मेरील्याण्डको डिस्ट्रिक आठको डेमोक्रयाट्कि पार्टीको आन्तरिक प्रतिस्पर्धामा उत्रेका थिए । डेमोक्रयाट्कि पार्टीसम्बद्व युवाहरुको संगठन ‘योङ डेमोक्रयाट् अफ अमेरिका’को राष्ट्रिय सचिवको कार्यभार सम्हालिसकेका भण्डारीले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ‘नेपाली फर हिलारी’ नामक चुनावी अभियान सञ्चालन गरेका थिए। (कान्तिपुर)