नेपाल-बेलायत दौत्य सम्बन्ध द्वीशतवार्षिकी कार्यक्रम लण्डनमा सम्पन्न

Everest Fuji News २०७३ चैत्र ८ मा प्रकाशित       Published at 2017 Mar 21


८ चैत, बेलायत।नेपाल-बेलायत दौत्य सम्बन्धको दुई सय वर्ष पुगेको अवसरमा बेलायतको लण्डनमा एक भव्य समारोह सम्पन्न भएको छ।समारोहलाई बेलायती राजकुमार हेनरी अफ बेल्स(ह्यारी) र नेपालका उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्बोधन गरेका थिए।हृयारीले नेपाली वीर, परिश्रमी र इमानदार भएको उल्लेख गर्दै बेलायतका लागि गोर्खालीले पुर्‍याएको योगदान कदर गरेका थिए। उद्योगमन्त्री जोशीले नेपालको समृद्धिका लागि बेलायतको सहयोगको अपेक्षा गर्नुभयो।समारोहमा बेलायती राजकुमार हृयारीले १३ जना भूतपूर्व गोर्खा सैनिकहरुको तस्वीर अनावरण गरेका थिए।समारोहमा बेलायतका रक्षामन्त्री मार्क ल्याङ्स्टार, नेपालसम्बन्धी बेलायती सांसद समूहका अध्यक्षसहित बेलायती संसद सदस्यहरु, नेपाली सेनाका डेपुटी कमाण्डर इन चिफ, बेलायत सरकारका विभिन्न मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु, विभिन्न देशका राजदूतहरु सहभागी थिए।( Hollywood.com)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.