Everest Fuji News२०७३ चैत्र २ मा प्रकाशितPublished at 2017 Mar 15
इजरायल। इजरायलको तेल अभिभको दक्षिण होलोनस्थित अस्पतालकी एक नर्सलाई जिउँदै जलाएर हत्या गरिएको छ ।
५६ वर्षे तोवा करारो नाम गरेकी नर्सको हत्या गर्ने त्यही अस्पतालका बिरामी रहेको बताइएको छ । ७० वर्षीय ती बिरामीले नर्सको शरीरमा ज्वलनशील पदार्थ फ्याकेर आगो लगाएका थिए ।
त्यसअघि ती दुईबीच विवाद भएको बताइएको छ । घटनापछि कार चढेर भागेका हत्यारालाई प्रहरीले गिरफ्तार गरेको छ ।
घटनाको विरोधमा इजरायली स्वास्थ्यकर्मीले बुधबारबाट दुई दिने हड्ताल गर्ने जनाएका छन् । (एजेन्सी)