Everest Fuji News२०७३ फाल्गुन २८ मा प्रकाशितPublished at 2017 Mar 11
भारत । भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेश सहित ५ वटा राज्यमा भएको चुनावमा सत्तारुढ भारतीय जनता पार्टीलाई उत्साहप्रद नतिजा हात लागेको छ ।
उत्तर प्रदेशमा सत्तारुढ समाजवादी पार्टीलाई निकै पछि पार्दै भारतीय जनता पार्टी दुई तिहाई बहुमत नजिक पुगेको भारतीय मिडियाले जनाएका छन् ।
उत्तर प्रदेशको यो सफलता समाजवादी पार्टीका मुलायमसिंह यादव र उनका छोरा मुख्यमन्त्री अखिलेश यादवका लागि ठूलो धक्का हो । कुल ४०३ सिटमा भएको मतदानमा भाजपा ३ सय ८ सिटमा बिजयको सम्मुख छ । यो दुई तिहाइ बहुमत हो । युपीमा सरकार बनाउन २०२ सीट आवश्यक पर्छ ।
प्रतिद्वन्द्वी समाजवादी पार्टी ६६ सीटमा सीमित हुँदैछ । मायावतीको बहुमजन समाज पार्टी २० सीटमा खुम्चिँदैछ ।
उता पञ्जाबमा भनेे विपक्षी भारतीय राष्ट्रिय कांग्रेसलाई बहुमत मिलेको छ । कुल ११८ सीटमध्ये कांग्रेसले ६९ सीटमा अग्रता लिँदा आम आदमी पार्टी २५ सीट सहित दोस्रोमा पुगेको छ ।
त्यस्तै उत्तराखण्डमा भारतीय जनता पार्टी बिजय उन्मुख छ भने मणिपुरमा कांग्रेस र बिजेपीबीच कडा टक्कर भइरहेको छ । गोवामा पनि बिजेपी र कांग्रेसबीच शुरुवाती प्रतिस्पर्धा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।