ट्रम्पको आदेशविरुद्ध अमेरिकाकै ६ राज्यद्वारा अदालतमा मुद्दा दायर

Everest Fuji News २०७३ फाल्गुन २७ मा प्रकाशित       Published at 2017 Mar 10


वासिंटन, फागुन २७ । अमेरिकाका ६ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउन जारी गरेको यात्रा प्रतिबन्धसम्बन्धि कार्यकारी आदेशविरुद्ध मुद्दा दायर गरेका छन् । राष्ट्रपतिको आदेशविरुद्ध हवाई, मिनेसोटा, ओरिगन, मासाचुसेट्टस, वाशिंगटन र न्यूयोर्क राज्यले संघीय अदालतमा मुद्दा हालेका हुन् । ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने आदेश जारी गरेका छन् । ट्रम्पको पछिल्लो आदेश यही मार्च १६ देखि लागू हुनेछ । यसअघि राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै गत जनवरीमा ट्रम्पले सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गरेका थिए । तर त्यो आदेश संघीय अदालतको अवरोधले गर्दा कार्यान्वयन हुन नसकेपछि ट्रम्पले प्रतिबन्धित देशको सूचिबाट इराकलाई हटाएर नयाँ आदेश जारी गरेका हुन् । पछिल्लो आदेश पनि मुस्लिममाथिकै प्रतिबन्ध रहेको भन्दै विरोध भएको हो । अमेरिकामा सुरक्षा खतरा बढ्ने भएकाले ६ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको ट्रम्प प्रशासनको जिकीर छ । ह्वाइट हाउस प्रशासन भने पछिल्लो कार्यकारी आदेशसम्बन्धि मुद्दामा आफ्नो पक्षमा फैसला हुने विश्वासमा छ । ट्रम्पको आदेशमा सबै शरणार्थीमाथि ३ महिना अमेरिकाको यात्रामा प्रतिबन्ध लगाइने उल्लेख छ । (एजेन्सी)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.