गैरकानुनी रूपमा बस्ने आप्रावासी माथि कडा गर्ने कानुनमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरे-
Everest Fuji News२०७३ माघ १३ मा प्रकाशितPublished at 2017 Jan 26
वासिङ्गटन डिसी (अमेरिका) २५ जनवरी I अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीलाई गैरकानुनी रूपमा प्रवेश रोक्न अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउने र कागजात नभई बसोबास गर्नेलाई अझ कडाई गरी फिर्ता पठाउने (डिर्पोटेशन) गर्ने दुई कार्यकारी निर्देशन हस्ताक्षर गरेका छन् । केही शहरहरुले (सेन्जुरी सिटी) गैरकानुनी रूपमा बसोबास गर्ने प्रति उदार हुदैं लिई आएको समाउने र छाड्न् नीतिलाई पनि यो कार्यकारी निर्देशनमार्फत समाप्त गरिदिएका छन् ।
निर्वाचनका बेला डोनाल्डले गैरकानुनी रूपमा अमेरिका प्रवेश रोक्न मेक्सिको सीमामा पर्खाल लगाउने र कागजात विना बसोबास गर्दै आएका विदेशलाई डिर्पोटेशन गर्ने बताएका थिए । यस अनुसारनै आप्रावासीलाई कडाई गर्ने कार्यकारी निर्देशन आएका हुन् ।
अमेरिकामा करिब १ करोड १० लाख कागजात विहिन बसोबास गर्दै आएको तथ्याङ्क छ । यसमा केही हजार नेपालीपनि पर्छन ।
इमिग्रेशन मामिला हेर्ने मुख्य निकाय होम ल्याण्ड सेक्युरिटीजको भ्रमणका अवसरमा डोनाल्डले यो कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका हुन् । अमेरिकालाई सुरक्षित बनाउन यो कदम चालिएको राष्ट्रपतिको दाबी छ । होमल्याण्ड सेक्युरिटीजलाई बढी जनशक्ति साधनस्रोत सम्पन्न बनाई गैरकानुनी रूपमा बस्ने विदेशी माथि कडाई गरिने छ ।
अमेरिका मेक्सिको सीमामा महिना भित्रै पर्खाल लगाउन पनि सुरु गरिने भएको छ । यसमा लाग्ने खर्चका बारेमा पनि मक्सिकोसंग मागिने जनाईएको छ । तर, तत्काल केन्द्रीय कोष (फेडरल फण्ड)वाट पर्खाल निमार्ण सुरु गरिने जनाईएको छ । निर्देशनमा सीमा क्षेत्रमा हिरासतमा राख्ने जेल राखिने र डिर्पोटेशन बढाउने र समाप्ने र छाड्ने कार्यलाई रोकिने उल्लेख भएको ट्रम्पले बताएका छन् । यसका लागि कुनै नयाँ कानुन चाहिंदैन ट्रम्पले भने ।
यी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेपछि डोनाल्डले भने यसले हज्जारौं हजारको को जीवन र अरर्बौ अरब डलर सुरक्षित हुने छ । गैरकानुनी रूपमा बस्ने अपराध पनि गर्नेलाई डिर्पोटेशन पहिले देखिनै हुदैं आएको छ यो कुनै नयाँ होइन इमिग्रेशन कानुन विज्ञ विनोद रोक्काले भने अहिले नयाँ राष्ट्रपतिको यो कार्यकारी निर्देशनले थप कडाई हुने देखिन्छ ।
कानुनी कागजात नभई गैरकानुनी रूपमा वस्नेलाई सतर्क रहन र इमिग्रशन कानुन विज्ञसम्म परामर्श गर्न म सुझाव दिन्छु उनले हिमालयखवरसंग भने । सुरुमा कागजात विहिन गैरकानुनी रूपमा बसोबास गर्ने र अपराधमा संलग्नलाई कडा गर्दै समाप्ने र डिर्पोटेशन हुने सम्भावना बढी रहेको संचारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकामा कानुनी रूपमा बस्ने कागजात छैन अपराध नगरेको भए पनि हुलमुलमा पक्राउ परियो भने डिर्पोटेशनमा पर्न सकिने रोक्काले बताए । सकेसम्म काुननी रूपमा बसोबास गर्ने यस तर्फ जानु नै उपयुक्त हुन्छ रोक्काले भने । यस अघिका राष्ट्रपति बाराक ओबामाको कार्यकालमा पनि गैरकानुनी अप्रावासीलाई वार्षिक औषत ४ लाखका दरले डिर्पोटेशन गरिएको थियो । यसमा केही नेपालीपनि परेका थिए ।
राष्ट्रपति ट्रम्पका कार्यकारी निर्देशनमा सिरियाका शरणार्थीलाई प्रवेश नदिने उल्लेख छ । विश्वका अन्य देशबाट शरणार्थी ल्याउने कार्यक्रमलाई पनि हाललाई रोकेका छन् । प्रकृयाहरुका बारेमा विस्तृत मूल्याङ्कन गर्न १ सय २० दिनका लागि शरणार्थी कार्यक्रम रोकिएको जनाईको छ । तर, यो वर्ष पहिले भन्दा कम शरणार्थीलाई मात्र अमेरिकामा स्थायी बसोबास गर्न दिइने छ ।
यस सम्बन्धी विस्तृत विवरण बिहीबार सार्वजनिक हुने न्युयोर्क टाइम्सले जनाएको छ । यसमा इराक, सिरिया, इरान, सुडान, लिविया, सोमालिया र यमनका नागरिकलाई अमेरिका प्रवेश रोक लगाउने व्यवस्था हुन सक्ने टाइम्सले उल्लेख गरेको छ ।फोटो साभार: सामाजिक संजाल - (हिमालयन खवर)