दक्षिण कोरियामा नयाँ राष्ट्रपतिका लागि जुन ३ तारिकमा निर्वाचनको घोषणा

Everest Fuji News २०८१ चैत्र २५ मा प्रकाशित       Published at 2025 Apr 08


अन्र्तराष्ट्रिय सञ्चारमाध्याम/

दक्षिण कोरियामा नयाँ राष्ट्रपतिका लागि निर्वाचनको घोषणा गरिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ । 

मंगलबार त्यहाँको सरकारले नयाँ राष्ट्रपति चयनका लागि जुन ३ तारिकमा निर्वाचनको घोषणा गरेको बताइएको छ । डिसेम्बरको शुरुमा मार्सल ल लगाएर देशलाई संवैधानिक संकटमा धकेलेका भन्दै राष्ट्रपति युन सुक येओललाई संवैधानिक अदालतले अपदस्थ गरेपछि चुनावको औपचारिक घोषणा गरिएको हो । येओललाई बर्खास्त गरेको चार दिनपछि राष्ट्रपतिको नयाँ निर्वाचन गर्ने निर्णय भएको हो । मे ११ सम्ममा उम्मेदवारहरूले नाम दर्ता गराइसक्नु पर्नेछ भने मे १२ देखि औपचारिक रूपमा चुनावी अभियान सुरु हुने समेत जनाइएको छ । राष्ट्रपतिको पद रिक्त भएपछि ६० दिनभित्र निर्वाचन गराउनु पर्ने व्यवस्था त्यहाँको संविधानमा उल्लेख गरिएको छ । यस अघि २०१७ को मार्च १० मा तत्कालीन राष्ट्रपति पार्क ग्युन–ह्ये लाई बर्खास्त गरेपछि ६० दिनपछि मे ९ मा निर्वाचन गरिएको थियो ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.