हजको अवसरमा भारतसहित १४ देशका नागरिकलाइ साउदी अरेबियामा यात्रा गर्न प्रतिबन्ध

Everest Fuji News २०८१ चैत्र २४ मा प्रकाशित       Published at 2025 Apr 07


काठमाडौं/


साउदी अरेबियाले भारतसहित १४ देशका नागरिकहरूलाई उमराह, व्यापार र पारिवारिक भ्रमण भिसा जारी गर्न निलम्बन गर्दै यात्रा प्रतिबन्ध लगाएको छ । 

हज यात्राअघि र हज यात्राका क्रममा भीडभाड कम गर्ने उद्देश्यले यो प्रतिबन्ध लगाइएको जनाइएको छ । रिपोर्टका अनुसार यो प्रतिबन्ध जुनको मध्यसम्म लागू हुनेछ । भिसा निलम्बनबाट प्रभावित १४ राष्ट्रहरूमा अल्जेरिया, बंगलादेश, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इराक, जोर्डन, मोरक्को, नाइजेरिया, पाकिस्तान, सुडान, ट्युनिसिया र यमन समावेश रहेका छन् ।

यो उपायले वार्षिक इस्लामिक तीर्थयात्राको समयमा भीडभाड र सुरक्षा समस्याहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको पनि जनाइएको छ । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले गत वर्ष हजारौं मानिसको मृत्युलाई ध्यानमा राख्दै यस वर्ष भिसा प्रतिबन्धको यो निर्णय लिएको बताइएको छ । गत वर्ष हजका क्रममा भागदौडमा एक हजारभन्दा बढीको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश अनधिकृत हज तीर्थयात्री रहेका थिए ।।  



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.