अमेरिका पहिलो’ नीतिपछि विश्वको नेतृत्व चीनले गर्ने

Everest Fuji News २०७३ माघ १२ मा प्रकाशित       Published at 2017 Jan 25


बेइजिङ–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो भाषणमा ‘अमेरिका पहिलो’ नीति अपनाइने बताएपछि आवश्यक परेको अवस्थामा चीन विश्वको नेतृत्व गर्ने अवस्थामा पुगेको छ। वरिष्ठ चिनियाँ वरिष्ठ राजनीतिज्ञले सोमबार चीन विश्वको नेतृत्व गर्न इच्छुक नभएको तर अमेरिका आफ्नो नीतिमा परिवर्तन गर्छ भने चीन विश्वको नेतृत्व दिन तयार रहेको बताए। चिनियाँ विदेश मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक विभागका निर्देशक झाङ जुनले गत हप्ता राष्ट्रपति शी जिनपिङको स्विट्जरल्याण्ड भ्रमणका क्रममा विदेशी संचारमाध्यमलाई जानकारी दिँदै सो कुरा बताएका हुन्। दावोसमा आयोजित विश्व आर्थि मञ्चमा राष्ट्रपति शीले चीनलाई विश्वको नेताका रुपमा चित्रण गरेका थिए। यो मञ्च अन्तर्राष्ट्रिय सहयोगबाट समस्याको सामाधान गर्ने काम गर्छ। अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो भाषण पूर्व चिनियाँ राष्ट्रपतिले पनि आफ्ना देशबासीलाई पृथकतावादको विरोध गर्ने र बेइजिङ विश्व मञ्चमा ठूलो भूमिका निर्वाह गर्ने इच्छा व्यक्त गरेका थिए। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय आर्थिक विभागका निर्देशक झाङले कसैले चीनलाई विश्वका नेतृत्व गर्न भन्यो भने हतार गर्न पक्षमा चीन नरहेको बताएका थिए। तर आवश्यक परेको अवस्थामा चीन नेतृत्व लिन तयार रहेको उनको भनाइ थियो। ‘यदि चीनबाट विश्व नेतृत्वको भूमिका अपेक्षा गरिन्छ भने सो उत्तरदायित्वकालागि चीन तयार छ।’ उनले अमेरिकापछि चीन विश्वका दोस्रो ठूलो अर्थ व्यवस्था भएको मुलुक भएको बताए। (एजेन्सीकाे सहयाेगमा )


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.