Everest Fuji News२०७३ माघ ११ मा प्रकाशितPublished at 2017 Jan 24
नेपाल प्रहरीका ‘हिरो’ चर्चित एसएसपी रमेश खरेल संयुक्त राष्ट्र संघको उच्च पदमा नियुक्त भएका छन् । संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत उनी अफ्रिकी मुलुक सुडानको डार्फरमा प्रोफेसनल(पी–४) तहमा नियुक्त भएका हुन् । ग्लोबल भ्याकेन्सीमा प्रतिस्पर्धा गरी उनले उक्त अवसर पाएका हुन् । शान्ति मिसनमा पी–४ उच्च तहको पद हो । जसमा नेपाल प्रहरीका थोरै अधिकारी मात्र सफल भएका छन् । अर्का एसएसपी पुष्कर कार्की पनि हाल सोही पदमा अर्काे अफ्रिकी मुलुक लाइबेरियामा कार्यरत छन् । राष्ट्रसंघमा पी–४ तहमा काम गर्ने अधिकारीको तलब करिब २० लाख रुपैयाँ हुन्छ । खरेल १ वर्षका लागि उक्त पदमा नियुक्त भएका हुन् । शान्ति मिसनमा खटिनुअघि एसएसपी खरेलले एक अनलाइनमा दिएको अन्र्तवार्तामा आफु नेपाल प्रहरीको आईजीपी बनेर छाड्ने बताएका छन् । करिब तीन वर्षपछि खरेलकै ब्याचीमध्येबाट एक आईजीपी हुनेछन् । जसमा एसएसपी सर्वेन्द्र खनाल, एसएसपी पुष्कर कार्की, एसएसपी राजेन्द्रमान श्रेष्ठ समेत प्रतिस्पर्धी छन्| /whitehimal.tv)