प्रेमीला गौचन ।
बिहीवार,माघ-६, जापान ।
जापानको न्याय मन्त्रालयले उच्च दक्षता भएका विदेशी पेसेवरहरुलाई यही मार्चको अन्तिमसम्ममा स्थाई वसोवासको कार्ड उपलब्ध गराउने भएको छ । यसको लागि जापानले सरकारले ' सेट टू फास्ट ट्र्याक पर्मानेन्ट रेजिडेन्स' फर स्किल फोरेन प्रोफेसनल' नीति ल्याएको छ ।
मन्त्रालयले दक्षता भएका बिदेशी नागरिकहरुलाई स्थाई बसोबासको लागि उच्चाआयोग गठन भएको बुधवारबाट सर्वसाधारणलाई अवगत गराएको छ।
यस नीतिको प्रतिपक्षबाट विरोध नआएमा मन्त्रालयले अध्यादेश जारी गर्ने स्रोतले बताएको छ ।
तत्कालै जापान अध्यागमन नियन्त्रण प्रणाली अन्तर्गत सन २०१२ का विदेशी कामदारहरुलाई लक्षित गरी बनाइएको यस गुरुयोजनामा व्यक्तिगत आचरण , पेशा ,आम्दानी, शैक्षिक योग्यताको आधारमा जसले ७० अंक अर्थात त्यो भन्दा बढी मुल्यानकनको आधारमा अध्ययन गरेर कम्तिमा पनि ५ वर्षको आवाशिय भिषा उपलब्ध गर्नेछ ।
यस प्रणालीमा नपर्ने विदेशीहरु भने ८० अंकभन्दा बढी भयता पनि ३ वर्ष , १ वर्षको भिषा उपलब्ध गराउने उच्च स्रोतलाई उद्द्रित गर्दै जापान टाइम्सले लेखेको छ ।
जम्मा ६,२९८ जना विदेशी नागरिकहरु मध्यबाट उच्च दक्षता पेसेवरहरुको प्रमाणिकरण गत ओक्टुवर महिनामा भएको थियो ।
बेलायत र दक्षिण कोरियाले यो नीति अपनाए लगत्तै जापान सरकारले पनि उनिहररुकै उद्देश्यलाई पच्छ्याएको छ ।