बेलायतका नेपाली वकीलले चुने नयाँ नेतृत्व

Everest Fuji News २०७३ पुष २५ मा प्रकाशित       Published at 2017 Jan 09


लन्डन । बेलायतमा रहेका नेपाली मुलका वकीलहरूको संगठन, ब्रिटेन नेपालीज लयर्स एशोसियनको साधारणसभाले ब्यारिस्टर देबेन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार लन्डनमा सम्पन्न सो साधारणसभाले नयाँ कार्यसमितिमा महासचिव अमृत खरेल, प्रवक्ता गोविन्द बेल्वासे, कोषाध्यक्ष उमेश शाह हुनुहन्छ भने सदस्यहरूमा प्रकाश पोखरेल, उत्तरमान तिगेला, जुना पोते, कोपिल सिटौला र सन्दीप पौडेल हुनुहन्छ । कार्यसमितिमा पूर्व अध्यक्ष पदेन सदस्य रहने र अध्यक्षले निकट भविषयमा दुर्इ सदस्य थप गर्ने प्रावधान रहेको छ । वेब्रिज अवस्थित दी ग्रेट गोर्खाज रेस्टुरेन्टको सभाकक्षमा सम्पन्न भएको साधारणसभाले निबर्तमान राजुथापा नेतृत्वको कमिटीलार्इ संगठनको पहिलो कार्यकालकालागि धन्यबाद ज्ञापन गर्यो । नयाँ नेतृत्वले बेलायतमा रहेका वकील पेशामा आवध्द हुन चाहने नयाँ पुस्तालार्इ प्रोत्साहन तथा सहयोग गर्नका साथै नेपाली समुदायमा सदभाव र अमनचयनका लागि कानूनी सेवा उपलब्ध गराउनमा सकारात्मक भूमिका निभाउन सभाका सभापति तथा संस्थाका संरक्षक सूर्य सुवेदीले सुभकामना सहित नयाँ कार्यसमितिलाइ बधाइ ज्ञापन गर्नु भयो । प्रमुख अतिथि त्रिलोचन उप्रेतीले बेलायतमा र नेपालमा समेत कानूनको शासन र प्रतातन्त्र दीगो गर्न संस्थाले भूमिका निभाउने आशा ब्यक्त गर्नु भयो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.