वासिङ्टन डिसी, अमेरिकाको फ्लोरिडा राज्यको फोर्ट लाउडरडेल हलिवुड अन्तरराष्ट्रिय विमानस्थलमा दिउसो शुक्रवार एक्कासि यात्रुले गोली चलाउदा विमानस्थल मै पाँच जनाको मृत्यु भएको छ । विमानबाट उत्रेका यात्रुले समान बुझ्ने स्थानमा झोला बुझी अचानक अन्धाधुन्ध गोली चलाउदा भागदौड मच्चिएको थियो । अहिले सम्म ८ जना घाइते भएको समाचार छ । दिउसो १ बज्नु अगाडी गोली चलेको थियो ।
उनले गोली चलाए पछि आफ्नो हतियार भुईमा फ्याकी आफू लम्पसार परेर सुतेको प्रत्यक्ष दर्शीले बताएका छन् । बन्धुकधारी २६ वर्षीय ईस्टेबान सानटियेगो भएको परिचय खुलेको छ l उनी अलास्का सैनिक राष्ट्रिय सुरक्षाका पूर्व सैनिक तथा इराकमा पनि काम गरेको बुझिएको छ l उनलाई हिरासतमा लिइएको छ भने उनका भाइका अनुसार उनले हालसालै मनो वैज्ञानिक उपचार पनि गरेको बताएका छन् ।
उनले आक्रमण गरे पछि भाग दौडको साथै कोलाहल मच्चिएको थियो । कोही कुर्सी मुनि र कोही कराउदै ढोका बाहिर भाग्ने कोसिस गरेका थिए । गोली चलाउनुको मुख्य उद्देश्य बारेमा अनुसन्धान भई रहेको अधिकारीहरुले बताएका छन् l यस विषयमा राष्ट्रपति ओबामालाई जानकारी सुरक्षा अधिकारीले समेत जानकारी गराएको व्हाइट हाउसले जनाएको छ l अमेरिकामा हवाई जहाज यात्रुलाई बन्दुक साथमा लान पाउने बैधानिकता प्राप्त छ । तर हातहतियार बन्दुक जाच गरिएको झोलामा राख्नु पर्ने र हातमा लिएर लान पाइदैन ।
बन्धुकधारी सानटियेगो आफ्नो झोला बुझेर शौचालय गएका थिए । गोली बन्दुकमा भरेर बाहिर निक्लिने बित्तिकै बन्दुक चलाउन थालेको जानकारी ब्रोवार्ड काउन्टीका आयुक्त चिप लामार्काले दिएको समाचार सीएनएनमा छ ।
यिनी क्यानाडाबाट आएको भनिएता पनि संदिग्ध व्यक्ति क्यानडा हवाई जहाजबाट नआई अलास्काबाट आएको पत्ता लागेको छ l उनले टरमिनल २ मा आक्रमण गरेका थिए जहाँ डेल्टा हवाई जहाज र हवाई जहाज क्यानडाले मात्र सेवा गर्दछन् l
(source: brtnepal.com)