सन् २०१६ का लागि डिभी लाेटरी जितेका ३,८३१ मध्ये ५५४ नेपालीले भिसा पाउन नसकेकाे समाचार सार्बजनिक भएकाे छ ।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटअन्तर्गत ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्बजनिक गरेकाे तथ्यांकअनुसार सन् २०१६ का लागि डीभी परेकामध्ये ३,२७७ ले मात्र भिसा पाएका छन् ।
अमेरिकी प्रावधानअनुसार डिभी लोटरी विजेतामध्ये ५० हजारका लागि भिसा उपलब्ध गराइन्छ । काेटा प्रणालीअनुसार नेपालबाट वर्षमा ३५०० ले भिसा पाउन सक्छन् । तर, यसपटक त्याे संख्याभन्दा पनि कमले मात्र भिसा पाएका छन् ।
सन् २०१४ को अक्टोबरमा डिभी भर्नेले सन् २०१६ काे लागि डिभी लोटरी जित्छन् । उनीहरूका लागि अमेरिकाले सन् २०१५ को अक्टोबरदेखि सन् २०१६ को अक्टोबर ३० को मध्यरातसम्ममात्र भिसा प्रदान गर्ने गर्छ ।