ब्रजिलमा तीन दिनको राष्ट्रिय शोक घोषणा

Everest Fuji News २०७३ मंसिर १५ मा प्रकाशित       Published at 2016 Nov 30


कोलम्बियामा भएको विमान दुर्घटनामा ६ जना बाच्न सफल भएको कोलम्बियाली अधिकारीहरुले बताएका छन्। ब्रजिलको श्यापेकोएन्सी क्लबका खेलाडीहरु कोपा सुदअमेरिकानाको फाइनल म्याच खेल्ने तयारीमा थिए। मेदेइन शहरमा अवतरणको तयारीमा रहेको विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ८१ जना मध्ये धेरैको ज्यान गएको छ। चार्टर गरिएको अर्थात भाडामा लिइएको सो विमानमा चालकदल, ब्रजिलको श्यापेकोएन्सी क्लबका खेलाडी र पत्रकारहरु सवार थिए। अनुसन्धान सो विमान मेदेइन नगरमा ओलर्ने तयारीमा रहेको बेला पहाडी क्षेत्रमा दुर्घटनामा परेको थियो। फुटबल टोलीका गोलकिपर सहित तीन खेलाडी दुर्घटनामा बाच्न सफल भएका छन्। कोलम्बियाका अधिकारीहरुले विमानमा विद्युत सम्बन्धी समस्या आएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन्। सो विमानमा इन्धन सकिएको हुन सक्ने अनुमान पनि गरिएको छ। ब्रिटिश एरोस्पेसको एभ्रो विमानलाई लामिया नाम गरेको कम्पनीको सञ्चालनमा थियो। त्यो विमान बोलिभियाको सान्ता क्रुजबाट उडेको थियो। मेदेइनका मेयर फेडेरिको गुटिएरेजले दुर्घटना अत्यन्त दु:खद भएको बताए। "स्थिति साह्रै नै पछुतोहुने खाल्को छ। हामीले मेदेइन देखि दमकल र अन्य आपतकालीन सहायता सामाग्रीहरुलाई दुर्घटनास्थलमा पुर्यायौं। हामीले सक्दो गर्यौं। तर यो साह्रै दुखद स्थिति हो।" श्यापेकोएन्सीको टोलीले कोपा सुदअमेरिकाना उपाधिका लागि मेदेइनको एटलेटिको न्यासियोनसँग भिड्ने योजना थियो। गौरवपूर्ण अर्जेन्टिनाको टिमलाई गत साता पराजित गर्दै उक्त टोली अन्तिम दुईमा पुगेको थियो। ब्रजिल छोड्नुअघि श्यापेकोएन्सीका व्यवस्थापकले मेदेइनमा हुने खेल अत्यन्त महत्वपूर्ण हुने बताएका थिए। दुई लाख जनसंख्या भएको सान्ता कातारिना नगरको प्रतिनिधित्व गर्ने श्यापेकोएन्सीका लागि कोपा सुदअमेरिकानाको फाइनल खेलको यात्रा साच्चै नै गौरवपूर्ण थियो। श्यापेकोइन्सी सन् २०१४ मा मात्रै ब्रजिलको पहिलो डिभिजनमा उक्लिएको थियो। स्पेनी क्लब रियल म्याड्रिड र बार्सेलोनाले आफ्ना प्रशिक्षण खेल शुरु हुनुअघि एक मिनेट मौनधारण गरेका छन्।बिबिसी )


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.