ट्रम्प : क्लिन्टनको विदेश नीति तेस्रो विश्व युद्धको तयारी

Everest Fuji News २०७३ कार्तिक १० मा प्रकाशित       Published at 2016 Oct 26


कात्तिक १० – अमेरिकी राष्ट्रपति चुनावका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले तेस्रो विश्व युद्धको तयारी गरेको आरोप लगाउनुभएको छ । सिरियामा सम्बन्धमा क्लिन्टनको विदेश नीतिले तेस्रो विश्व युद्ध निम्त्याउने ट्रम्मले आरोप लगाएका हुन् । अमेरिका सिरियाका राष्ट्रपति बसर अल–असदलाई सत्ताबाट हट्न सहमत गराउन नभइ बिद्रोही संगठन इस्लामिक इस्टेटलाई परास्त गर्न लाग्नु पर्ने ट्रम्पको भनाई छ । डेमोक्र्याटिक उम्मेदवार क्लिन्टनले सिरियामा नो–फ्लाइ जोन बनाउनु पर्ने प्रस्ताव गर्नुभएको छ । क्लिन्टनको योजना अनुसार सिरियामा नो–फ्लाइ जोन बनाएमा रुससँग विवाद बढ्ने केहीले बताएका छन् । यसले गर्दा अमेरिकाको लडाईं आइएस वा सिरियासँग नभइ सिरियासँगै रुस र इरानसँग पनि अमेरिकाको लडाईँ हुने, जसका कारण तेस्रो विश्व युद्ध निम्तने ट्रम्पको भनाई छ । ट्रम्पले रिपब्लिकन पार्टीको पनि आलोचना गर्नुभयो । आफ्नो उम्मेदवारको पक्षमा एकताबद्ध नभएको भन्दै ट्रम्पले रिपब्लिकन पार्टीको आलोचना गर्नुभएको हो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.