टिपिएसको म्याद थप्यो, गत वर्ष नलिएकाहरुले पनि लिन सकिने
Everest Fuji News२०७३ कार्तिक ९ मा प्रकाशितPublished at 2016 Oct 25
कात्तिक-१०,वासिङटन डि सि,।
अमेरिकी सरकारले भूकम्पको कारण नेपाललाई गत वर्ष दिएको टिपिएसको म्याद १८ महिनाको लागी थपेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटिका अनुसार यही डिसेम्बरको २४ तारिख म्याद सकिन लागेको नेपालीको टिपिएसको म्याद थपेर अब २०१८ को जुन २४ तारिखसम्मलाई दिएको छ । यो डिसेम्बर २५ देखि नविकरण हुने भएको छ ।
गत वर्ष टिपिएस पाउनेहरुको म्याद थप्नुको साथै त्यतिखेर लिन नपाएकाहरुले पनि यसपटक लिन सकिने भएको छ’ कानुन व्यवसायी खगेन्द्र क्षेत्रीले भने—‘गत वर्ष तोकिएको समयभित्र नलिएकोले पनि यसपटक लिन पाइन्छ तर किन नलिएको हो कारण खुलाएर लिन पाउने भएको छ’। उनका अनुसार टिपिएसको म्याद थपेकोले अब नविकरण र नयाँ लीनका लागी प्रक्रिया सुरु गरे हुन्छ ।
टिपिएस (टेम्पोररी प्रोटेक्टेट स्टाटस) विपत्तिमा परेको मुलुकको नागरिकलाई अमेरिकी सरकारले दिँदै आएको सुविधा हो । यो सुविधाले अमेरिकामा कागजत नभएकोलाई काम गर्ने अनुमति पत्र (वर्कपरमिट) पाउनका साथै छोटो समयको लागी आफनै देशमा गएर फर्कने सुविधा प्रदान गरेको छ । नेपालमा गत वर्ष गएको महाभुकम्पमा परि नेपाल र नेपालीले ठुलो कष्ट भोग्नु परेकोले अमेरिका बस्ने नेपालीले पनि टिपिएसको सुविधा पाएको हो । गत वर्ष टिपिएस पाउनका लागी र यस पटक नविकरणका लागी नेपाल सरकार र अमेरिकामा रहेका विभिन्न नेपाली समुदायका सस्थाहरुले अमेरिकी सरकारलाई अनुरोध गरेका थिए ।