प्रहरी तालिम केन्द्रमा भीषण हमला

Everest Fuji News २०७३ कार्तिक ९ मा प्रकाशित       Published at 2016 Oct 25


कात्तिक-९(विश्व)

पाकिस्तानको क्वेटा शहरमा रहेको एउटा प्रहरी तालिम प्रतिष्ठानमा उग्रवादीहरुले गरेको आक्रमणमा कम्तीमा ५८ जना प्रशिक्षार्थी र सुरक्षागार्डहरु मारिएको अधिकारीहरुले जनाएका छन्। तालिम केन्द्रको भवनमा प्रवेश गरि हमलाकारीले आक्रमण गरेपछि अघि बढाइएको सुरक्षा कारबाही ४ घण्टा भन्दा बढी चलेको थियो। उक्त आक्रमणमा एक सय जना भन्दा बढी घाइते भएको बताइएको छ। अधिकारीहरुले एउटा उग्रवादी समूहले उक्त आक्रमण गराएको आशंका गरेका छन् तर अझै सम्म कसैले पनि आक्रमणको जिम्मा लिएको छैन्। हमलाकारीअधिकारीहरुले आत्मघाति विस्फोटक भेष्ट लगाएका ३ जना हमलाकारी तालिम केन्द्र भित्र प्रवेश गरी आक्रमण सुरु गरेको विश्वास गरेका छन्। विद्रोही विरुद्ध कार्वाही अघि बढाउन सैनिकहरु आएपछि बलोचिस्तानको प्रहरी कलेजबाट सयौँ तालिमेहरुलाई बाहिर निकालिएको थियो। imageबलोचिस्तानका गृहमन्त्री सरफराज अहमद बुग्टीले हमलाकारी विरुद्धको सैनिक कारबाही समाप्त भएको बताए। आक्रमणकारीमध्ये दुई जनाले आत्मघाती बम विष्फोट गराएर ज्यान लिएका थिए भने अर्का एक जनालाई सुरक्षाकर्मीले मारिदिएको उनले जानकारी दिए। विष्फोटनका कारण ज्यान गुमाउनेमा अधिकांश तालिमे रहेको बताइएको छ। पाकिस्तानी सेनाका मेजर जेनरल शेर अफगानले उक्त आक्रमणका पछाडि लस्कर ए जाङ्भि नामक उग्रवादी समूहको हात रहेको आरोप लगाएका छन्। उनले हमलाकारी अफगानीस्तानमा रहेका उग्रवादीहरुसँग सम्पर्कमा रहेको बताएका छन्। सोमबार अबेर भएको उक्त आक्रमणको जिम्मा अझै कसैले लिएको छैन। प्रत्यक्षदर्शीहरुले हमला शुरु भएपछि गोली हानाहान र विष्फोटनको अवाज सुनेको बताएका छन्। उक्त आक्रमणमा झण्डै सय जना घाइते भएको जनाइएको छ। संवेदनशील यसअघि सोमबार क्वेटाको दक्षिणमा रहेको सुराबमा दुई जना भन्सार अधिकृतहरुको गोली हानी हत्या गरिएको थियो भने अर्का एक जना गम्भीर घाइते भएका थिए। क्वेटा बलोचिस्तान प्रान्तको राजधानी हो र त्यहाँ पृथकतावादी समूह र इस्लामवादी उग्रवादीहरुले विगतमा पनि यस्तै किसिमको आक्रमण गरेका छन्। गएको अगष्टमा त्यहाँ अस्पताल र वकिलहरुलाई लक्षित गरि गराइएका अलग अलग विस्फोटनमा ८८ जना मारिएका थिए। पाकिस्तानी सेनाले अफगान सीमा नजिकैको संवेदनशील आदिवासी इलाकामा उग्रवादीहरु विरुद्ध कारबाही गर्दै आएको बताउने गरेको छ।(बीबीसी )



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.