संसारकै कठिन र चुनौतीपूर्ण पट्रोलिङमा नेपाली सेना तेस्रो

Everest Fuji News २०७३ कार्तिक ९ मा प्रकाशित       Published at 2016 Oct 25


संसारकै सेनाका लागि कठिन र चुनौतीपूर्ण मानिएको बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा सञ्चालन भएको क्यामब्रियन गस्ती (पट्रोलिङ) प्रतियोगितामा नेपाली सेनाले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । नेपालसहित २० देशको सहभागिता रहेको उक्त प्रतियोगितामा १२० सैनिक टोली सहभागी रहेको नेपाली सेनाले जनाएको छ । बेलायती सेनाको टेरिटोरियल आर्मीले ५५ वर्षअघि सुरु गरेको क्यामब्रियन पट्रोलका क्रममा दलदले हिलोयुक्त भूमिमा ४८ घन्टाको समयसीमा भित्र ८० किमी क्षेत्रको गस्ती (पट्रोलिङ) गर्नुपर्ने हुन्छ । उक्त प्रतियोगितमा विभिन्न सैनिक अभ्यास समेत समावेश गरिएको हुन्छ । सो प्रतियोगितामा नेपाली सेनाले विश्वमै व्यावसायिक, अनुशासित, कर्तव्यपरायण र साहसिक सेनाका रुपमा ख्याति कमाउँदै आएको छ । पेसागत प्रतियोगिता २०७३ अभ्यासमा प्रथम भएको श्री दुर्गाबक्स गणलाई उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली सेनाले छनोट गरी पठाएको थियो ।      


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.