काठमाडौं, २७ असोज- संसारमै सबभन्दा लामो समयसम्म शासन चलाएका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
स्व.राजा भूमिबोल / Photo:AFP
आइतवार डायलसिस गराएका ८८ वर्षीय राजाको अवस्था अस्थिर रहेको बताइएको थियो । बुधवार राजदरबारले जारी गरेको बुलेटिनमा उनको रगतमा संक्रमण भएको बताइएको थियो ।
धार्मिक र वर्गीय विभाजनको मारमा परेको अनि लोकतन्त्र र सैनिक शासनको लुकामारी भइरहने थाइल्यान्डमा राजालाई सर्वोच्च सम्मान दिइन्छ भने उनी राष्ट्रिय एकताका प्रतीक समेत हुन् ।
राजाको निधनमा शोकमग्न थाइबासी /Photo:EPA
राजा विगत केही वर्षदेखि अस्वस्थ रहँदै आएकोमा हालको समयमा राजदरबारले लगातार गरेका घोषणा र भाषाको प्रयोगले राजाको स्वास्थ्य अवस्था गम्भीर रहेको संकेत गरेको थियो ।
थाइल्यान्डका जनता आफ्ना राजाको मृत्युमा शोकमा डुबेका छन् । सामाजिक सञ्जालमा श्रद्धाञ्जलीका सन्देश लेखिरहेका छन् ।बीबीसी