अमेरिकामा एसाइलम गर्नेलाई दुईबर्षे वर्क परमिट, नेपालीलार्इ पनि ठूलाे राहत -

Everest Fuji News २०७३ आश्विन २१ मा प्रकाशित       Published at 2016 Oct 07


img_1279असोज-२२, अमेरिका। अमेरिकामा एसाइलम (शरणार्थी )का लागि आवेदन दिनेहरुले अब दुई बर्षका लागि वर्क परमिट पाउने भएका छन् । याे व्यवस्था अक्टोबर ५ सम्म एसाइलमका आवेदन पेन्डिङ रहेका वा अक्टोबर ५ पछि आवेदन दिनेहरुका हकमा लागु हुने बताइएकाे छ। युएससीआईएसले जनाए अनुसार अबदेखि सुरुमै दुईबर्षका लागि वर्क परमिट दिने र  केस नटुंगेसम्म दुर्इ दुर्इ  बर्षका लागि वर्क परमिट थप हुने छ । अमेरिकामा एसाइलमका लागि आवेदन दिनेले अन्तिम निर्णय नहुँदासम्म त्यहाँ बसेर काम गर्ने वर्क परमिट पाउँदै आएका छन् । यसअघि उनीहरूले सुरूमा एक वर्षका लागि वर्क परमिट पाउने र हरेक वर्ष पुनः रिन्यु गर्नुपर्ने व्यवस्था रहदै अाएकाे थियाे । एसाइलमकालागि गरिएकाे याे नयाँ व्यवस्थाबाट अमेरिकामा रहेका हजारौं नेपाली लाभान्वित हुने बताइन्छ । अहिले हजारौं नेपाली एसाएलम आवेदन गरेर अमेरिकामा बसिरहेका छन् भने सयाैकाे संख्यामा अावेदन दिने क्रममा छन् । साभार: व्हाइट नेपाल टिभी


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.