लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण शुरू

Everest Fuji News २०८१ आश्विन १६ मा प्रकाशित       Published at 2024 Oct 02


काठमाडौँ /

इजरायलले लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण शुरू गरेको छ । 

यसका लागि इजरायल डिफेन्स फोर्सेज आईडीएफको १८ वटा ब्रिगेड दक्षिणी लेबनानको सीमा क्षेत्रतर्फ अघि बढेको बीबीसीले जनाएको छ । यसअघि इजरायलले लेबनानको राजधानी बेरुतसहितका ठाउँमा हवाई आक्रमण गर्दै आएको थियो । इजरायलले गरेको हवाई आक्रमणमा हिजबुल्लाह समूहका प्रमुखसहित ७ सयभन्दा धेरै मानिस मारिएका छन् । आईडीएफले ७० हजारदेखि १ लाख सैनिक लेबनानको दक्षिणी सीमामा परिचालन गर्दैछ । इजरायली सेनाले सीमा क्षेत्रमा हिजबुल्लाहले बनाएका रकेट लञ्चर तथा अन्य भौतिक संरचना ध्वस्त पार्ने तयारी गरेको खबरमा उल्लेख छ । इजरायली सेनाले हिजबुल्हाका झन्डै ७० प्रतिशत यस्ता संरचना ध्वस्त पारिसकेको जनाएको छ । यसैबीच अमेरिकाले इजरायलको आत्मरक्षाको अधिकारको समर्थन गर्ने बताएको छ । यसअघि अमेरिकाले लेबनानमाथि आक्रमण शुरू गरेको इजरायललाई युद्धविरामका लागि आह्वान गरेको थियो ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.