प्यालेष्टाइनी भुमी गाजाको खान युनिस शहरमा ६ जना इजरायली बन्धकहरूको शव फेला

Everest Fuji News २०८१ भदौ ५ मा प्रकाशित       Published at 2024 Aug 21


प्यालेष्टाइनी भुमी गाजाको खान युनिस शहरमा ६ जना इजरायली बन्धकहरूको शव फेला परेको छ । 

इजरायलले गरेको सैन्य कारवाहीका क्रममा ६ जनाको शव बरामद गरिएको हो । इजरायली डिफेन्स फोर्स आइईडीएफका अनुसार ती ६ जना इजरायली नागरिकहरु गत अक्टोबर ७ मा हमासले अपहरण गरेका ब्यक्तिहरु रहेको जनाएको छ । ती शवहरु हमासले निर्माण गरेको सुरुङमा फेला परेको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विज्ञप्ति जारी गर्दै ६ जना बन्धकको शव बरामद गरेकोमा दुख व्यक्त गर्दै ती ६ जनाकै शव इजरायल फिर्ता ल्याउन सफल भएको प्रतिक्रिया दिनुभएको छ । यसैबीच इजरायलका रक्षा मन्त्री योभ गालान्टले हमासको नियन्त्रणमा रहेका इजरायलमा बन्धकहरूलाई फिर्ता गर्ने र हमासमाथीको आक्रमण नरोक्ने बताएको छ । शव बरामद गरिएका ६ जना गाजा सीमा नजिकको किबुट्ज निर ओजका बासिन्दाहरु रहेकोमा हमासको कब्जामा परेका थिए । तीमध्ये मुन्डर नामका इजरायली नागरिकसंगै उनकी श्रीमती, छोरी र नातिपनि अपहरणमा परेकोमा मुन्डर बाहेक श्रीमती र नातीलाई गत नोभेम्बरमा इजरायल र हमासबीचको अस्थायी युद्धविरामको क्रममा रिहा गरिएको थियो भने मुन्डरका छोरा रोई आक्रमणको क्रममा मारिएका थिए । ती ६ जना बन्धकको शव इजरायल ल्याएर परिवारजनलाई बुझाइएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.