परराष्ट्रमन्त्रीराणा देउवा भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्लीमा

Everest Fuji News २०८१ भदौ २ मा प्रकाशित       Published at 2024 Aug 18


परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुग्नु भएको छ । 

आज मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवहाक राजदुत सुरेन्द्र थापा र भारतीय विदेशमन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गर्नुभएको छ । मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जानुभएको हो । परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग भेटवार्ताका साथै भारतीय उच्च अधिकारीहरुसंग समेत भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो भेटमा दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ मन्त्रालयले जनाएको छ । नयाँ दिल्लीमा राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रमको गृहकार्य भए पनि ठोस नतिजा भने आइसकेको छैन । मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी हुनुभएको छ । मन्त्री राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको मन्त्रायले जनाएको छ । राणा यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.