शेख हसिनाविरुद्ध हत्या मुद्दामा छानबिन हुने

Everest Fuji News २०८१ श्रावण ३० मा प्रकाशित       Published at 2024 Aug 14


काठमाडौं/

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या मुद्दामा छानबिन हुने भएको छ ।

गत महिना नागरिक आन्दोलनका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बङ्गलादेशको एक अदालतले हसिना र उनको प्रशासनका शीर्ष ६ व्यक्तिविरुद्ध अनुसन्धान शुरू गरेको छ । मुद्दामा एक किराना पसलका मालिकको मृत्युको आरोप हसिनासहित पूर्वगृहमन्त्री असदुज्जामान खान, अवामी लिग पार्टीका महासचिव ओबैदुल कादिर लगायत सात जनालाई लगाइएको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गरी बीबीसीले जनाएको छ । गएको जुलाई १९ मा विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउने क्रममा प्रहरीले उनको गोली हानी हत्या गरेको थियो । विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर हसिनालाई भारततर्फ भाग्नु परेको थियो । आन्दोलनमा चार सय ५० भन्दा धेरै मानिस मारिएका थिए ।।





प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.