बंगलादेशका पूर्वविदेशमन्त्री तथा अवामी लिगका सह–महासचिव हसन महमुदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी हिरासतमा राखिएको छ । रोल......
उहाँले देश छोड्न खोजिरहेका बेला अध्यागमन प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । यसअघि पूर्व सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको थियो । बंगलादेशमा विद्यार्थी आन्दोलन र हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत जानुभएको छ । अझै अशाान्त प्रदर्शन भइरहेको बंगलादेशमा सुरक्षाको माग गर्दै प्रहरीले नै हड्ताल शुरु गरेको छ । प्रहरीको हड्तालपछि ढाकाको प्रहरी चौकी, ट्राफिक र विमानस्थलको जिम्मेवारी बंगलादेशको अन्सार अर्थात अर्धसैनिक बललाई दिइएको छ । अर्धसैनिकहरु स्वयंसेवकका रुपमा आन्तरिक सुरक्षाका लागि मुख्य सुरक्षा बलहरूसँग तैनाथ गएिको छ ।