एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन

Everest Fuji News २०८१ श्रावण २३ मा प्रकाशित       Published at 2024 Aug 07


सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । 

दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभएको छ । समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत छन् । उक्त समितिलाई ३० दिनको समय सीमा तोकिएको उहाँले बताउनु भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रेबेसीका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको थियो । बुधबार शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हेलिकप्टरमा १ जना महिला र ४ जना पुरुष रहेको थिए । हेलिकप्टर दुर्घटनामा परेका सबै मृतकको शव निकालिएको र पोस्टमार्टमका लागि प्रक्रिया सुरु गरिएको नुवाकोटका सीडीओ रामकृष्ण अधिकारीले जानकारी दिनुभएको छ । हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए । उनीबाहेक सवार अन्य सबै चिनियाँ नागरिक रहेको बताइएको छ । पाइलट मल्ल ३० वर्षदेखि हेलिकप्टर उडाइरहेका अनुभवी पाइलटका रुममा रहेका छन् । उनले कर्णाली एयररको हेलिकप्टरबाट उडान थालेका थिए । काठमाडौँका स्थानीय बासिन्दा मल्लको श्रीमती र दुई छोरी रहेका छन् । नागरिक उड्डययन प्राधिकरणका अनुसार हेलिकप्टर उडेको तीन मिनेटमै सम्र्पक विच्छेद भएको थियो । एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका चिनियाँ पर्यटकहरू तीन दिनअघि मात्रै नेपाल आएको पाइएको छ । दुर्घटनामा चिनियाँ पर्यटक ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीया महिला वु यीयाओले रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये तीन पुरुष सिचुवान प्रान्तका हुन् भने महिला ग्वान्झाउकी नागरिक हुन् ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.