भेनेजुएलाका वर्तमान राष्ट्रपति मदुरो आउँदो कार्यकालका लागि निर्वाचित

Everest Fuji News २०८१ श्रावण १५ मा प्रकाशित       Published at 2024 Jul 30


रोयटर्स/

भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मदुरो आउँदो कार्यकालका लागि पनि निर्वाचित हुनुभएको छ । 

 मतगणना अनुसार मदुरो ५१ दशमलव २० प्रतिशत मत प्राप्त गरेर विजयी हुनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार राष्ट्रिय निर्वाचन परिषद्का प्रमुख एल्विस अमोरोसोले मदुरोले ५१ दशमलव २० र उहाँका मुख्य प्रतिस्पर्धी एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको जनाएको छ । उहाँले भेनेजुएलाको निर्वाचन प्रणालीको प्रशंसा गर्दै विपक्षीले हरेक चुनावमा भन्ने गरेको धाँधलीलाई अनावश्यक चिच्याहटको संज्ञा दिनुभएको छ । भेनेजुएलाको सबैभन्दा नजिकको मित्रदेश क्युबाले मदुरोलाई बधाई दिँदै यसलाई नागरिक र क्रान्तिको विजयीका रूपमा व्याख्या गरेको छ । तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने घोषित परिणामले भेनेजुएलाका नागरिकको इच्छा वा मत प्रतिबिम्बित नगर्नेमा संयुक्त राज्य अमेरिकालाई गम्भीर चिन्ता रहेको बताउनुभएको अन्तराष्ट्रिय सञ्चारमध्यमले उल्लेख गरेका छन् ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.