अफ्रिकी मुलुक मौरिटानियामा पानीजहाज दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार राजधानी नौआकचोट नजिकै पानीजहाज दुर्घटनामा परेको हो । मौरिटानिया न्युज एजेन्सीका अनुसार अहिले पनि केही मानिसहरू वेपत्ता छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमका अनुसार पानीजहाजमा रहेका १९० भन्दा बढी मानिस वेपत्ता छन् । मौरिटानियाको कोस्टगार्डले १०३ जनाको उद्धार गरेको बीबीसीले जनाएको छ । त्यस्तै २५ जनाको शव भेटिएको पनि कोस्टगार्डले जानकारी दिएको छ । आईओएमका अनुसार २२ जुलाईमा जहाज पल्टिनुअघि गाम्बियाबाट एउटा काठको नाउमा झन्डै ३ सय मानिस सवार थिए । पल्टिनुअघि उनीहरूले ७ दिन समुद्रमै बिताइसकेका थिए ।।