यमनको हुथी समूहले इजरायल विरुद्ध प्रतिशोधात्मक हमला गर्ने चेतावनी दिएको छ ।
इजरायलले होथी नियन्त्रित रेड सी बन्दरगाह शहर होडेडाहमा तेल भण्डारण केन्द्रहरू ध्वस्त पारेसँगै हुथीले यो चेतावनी दिएको हो । बासिन्दा र प्रत्यक्षदर्शीहरूले तेल भण्डारण केन्द्रमा आगो केही घण्टासम्म लागेको थियो । इजरायलको सेनाले यमनमा हुथी मिलिसियासँग संवद्ध साइटहरूमा बमबारी गरेको छ । गाजा पट्टीमा प्यालेस्टिनीहरूसँग ऐक्यवद्धता देखाउन गत वर्ष नोभेम्बरदेखि लाल सागर र अडेनको खाडीमा इजरायलसँग जोडिएका जहाजहरूलाई हुथीहरूले निशाना बनाउँदै आएका छन् । धेरै ढुवानी कम्पनीहरूले ड्रोन र मिसाइल आक्रमणबाट बच्न अफ्रिकाको दक्षिणी छेउमा जानको लागि आफ्नो मार्गहरू परिवर्तन गरेका छन् ।।