अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हीत र जनता हुनुपर्ने ; उपप्रधान एवं परराष्ट्रमन्त्री

Everest Fuji News २०८१ असार १८ मा प्रकाशित       Published at 2024 Jul 01


काठमाडौं /

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हीत र जनता हुनुपर्ने बताउनुभएको छ ।

सोमवार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । विश्व शान्ति, विकास र स्थायित्वका लागि नेपालले पनि काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले जलवायु परिवर्तन, साइबर सुरक्षा, उर्जा सुरक्षा, अन्तरदेशीय संगठित अपराध, कृत्रिम बौद्धिकता जस्ता विषयले चुनौति थपिँदै गएको बताउनु भयो । यसमा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र समन्वयलाई प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको एकता, सार्वभौम सत्ता र निष्पक्षताको कसीमा राखेर अघि बढाउन आवश्यक रहेको र यसलाई वैदेशिक सम्बन्ध र सहायता आदानप्रदानमा पनि लागू गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले विश्व परिवेश र विश्व राजनीतिलाई नेपालले महत्वका साथ हेर्न आवश्यक रहेको पनि बताउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपालले आफ्नो राष्ट्रहीतलाई केन्द्रमा राखेर वैदेशिक परराष्ट्रनीति अवलम्वन गर्दै आएको बताउनु भयो ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.