राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्देन र बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटघाट भएको छ ।
शुक्रबार रापप्राको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राजदूत फेनले अध्यक्ष लिङ्देनसँग भेट गर्नुभएको हो । सो भेटमा नेपाल–बेलायत सम्बन्ध, राप्रपाका एजेण्डा लगायत विविध समसामयिक परिस्थितिका बारेमा विमर्श भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो । राजदुतसँगको भेटका क्रममा अध्यक्ष लिङ्देनले ब्रिटिश गोरखा सैनिकको पेन्सन लगायतका सुविधाका सम्बन्धमा देखिएका समस्या र त्यसको समाधानका विषयमा जिज्ञासा राखेको बताइएको छ । प्रत्युत्तरमा राजदूत फेनले गोर्खा सैनिकको समस्या समाधान गर्न ब्रिटिश सरकार गम्भीर र सकारात्मक रहेको बताउनु भएको राप्रपाका प्रबक्ता श्रेष्ठले बताउनु भएको छ ।।