गाजामा खाना र पानीको अभावले बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या

Everest Fuji News २०८१ असार १० मा प्रकाशित       Published at 2024 Jun 23


इजरायलले आक्रमण गरिरहेको गाजामा खाना र पानीको अभावले बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । 

४० डिग्री सेल्सियस आसपासको गर्मी, सीमित खानेकुरा र पानीको चरम अभावले बालबालिकामा कुपोषणसहित विभिन्न समस्या देखिएका बीबीसीले जनाएको छ । बीबीसीले प्रकाशन गरेको रिपोर्टमा एक जना बालककी आमा गनिमा जुमाले यसअघि आफ्नो छोराको स्वास्थ्य अवस्था निकै राम्रो रहेकोमा खाना र पानीको अभावसँगै अहिले अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको छ । उहाँका अनुसार बालबालिका पानीकै लागि टाढा–टाढासम्म यात्रा गर्छन् । कतै भेटिए पनि खुला भाँडामा टाढादेखि ल्याउँदा पानी फोहोर हुन्छ । इजारयल–गाजा युद्धमा घर ध्वस्त भएका कारण लाखौँ मानिस विस्थापित भएका छन् । उनीहरू अस्थायी शिविरमा बसिरहेका छन् । गाजामा हरेक व्यक्तिको आन्द्रामा सङ्क्रमण देखिन थालेको र त्यो प्रदूषित पानीका कारण रहेको नासेर अस्पतालका बालबालिका विभागका प्रमुख डाक्टर अहमद अल–फारीले बताउनुभएको बीबीसीले जनाएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.