रुसले युक्रेनमा गरिरहेको आक्रमणको उत्तर कोरियाका सर्वोच्च नेता किम जोङको समर्थन

Everest Fuji News २०८१ असार ७ मा प्रकाशित       Published at 2024 Jun 20


उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले रुसले युक्रेनमा गरिरहेको आक्रमणको समर्थन गर्नुभएको छ ।

उत्तर कोरिया भ्रमणमा गएका रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भएको दुई घण्टाको भेटवार्तामा उहाँले युद्धको समर्थन गर्नुभएको रोयटर्सले जनाएको छ । यसअघि हतियार लगायत सैन्य सहयोग गरे पनि सर्वोच्च नेता उन युक्रेन युद्धबारे मौन रहनुभएको थियो । यसैबीच, रुस र उत्तर कोरियाले एक अर्कामाथि कतैबाट आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । रूसी राष्ट्रपति पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा सम्झौता भएको बीबीसीले जनाएको छ । दुई वर्षदेखि युक्रेनसँग युद्ध गरिरहेका रुसी राष्ट्रपति पुटिन पछिल्लो समय पश्चिमा देशको घेराबन्दीमा हुनुहुन्छ । अमेरिका र जी–सेभेन राष्ट्रले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यही सन्दर्भमा उत्तर कोरिया भ्रमणमा निस्कनुभएका पुटिनले सैन्य सहयोगको निरन्तरताको अपेक्षा गर्नुभएको रोयटर्सले जनाएको छ । उत्तर कोरियामा २४ वर्षपछि रुसी राष्ट्रपतिको भ्रमण भएको हो । पुटिनलाई उत्तर कोरियाले भव्य स्वागत गरेको छ ।।

  



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.