सुडानी सरकारले सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स बीचको जेद्दा वार्ता मञ्चमा फर्कन गरेको अमेरिकी आह्वानलाई अस्वीकार

Everest Fuji News २०८१ जेठ २० मा प्रकाशित       Published at 2024 Jun 02


सुडानी सरकारले सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स बीचको जेद्दा वार्ता मञ्चमा फर्कन गरेको अमेरिकी आह्वानलाई अस्वीकार गरेको छ 

सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुरहानलाई जेद्दा वार्ता मञ्चमा जानको लागि अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्केनले गरेको निमन्त्रणाले सुडानको अवहेलना गरेको बताउनु भयो । अवहेलनालाई स्वीकार गर्न नसकिने बताउनु भयो । पूर्वी सुडानको रेड सी राज्यको राजधानी पोर्ट सुडानमा आयोजित राजनीतिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको थियो । संवादका माध्यमबाट राष्ट्रिय सहमतिमा अघि बढ्नु अघि द्वन्द्वको अन्त्य र स्थायित्व हासिल गर्ने कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले वर्तमान चरणमा राजनीतिक दलको विभिन्न एजेण्डाका साथ हस्तक्षेप गर्न नसक्ने बताउनु भयो ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.