इरानको राजधानीमा नयाँ संसदको बैठक शुरु

Everest Fuji News २०८१ जेठ १६ मा प्रकाशित       Published at 2024 May 29


इरानको राजधानीमा नयाँ संसदको बैठक शुरु भएको छ । 

संसद बैठकको उद्घाटन समारोहमा संसदको विदेश नीति तथा राष्ट्रिय सुरक्षा समितिका पूर्वअध्यक्ष अलाद्दिन बोरोजेर्डीलाई अस्थायी सभामुखमा नियुक्त गरिएको थियो । आधिकारिक सभामुखको चयन आगामी दिनमा हुने भएको छ । इरानका सर्वोच्च नेता अली खामेनीले उद्घाटन समारोहमा सन्देश पठाउँदै सांसदहरूलाई देशको राष्ट्रिय हितको रक्षा गर्न आह्वान गर्नुभयो । इरानका कार्यवाहक राष्ट्रपति मोहम्मद मोख्बरले पनि देशको नयाँ संसदलाई सम्बोधन गर्नुभएको छ । उहाँले अगस्ट २०२१ मा पदभार ग्रहण गरेदेखिका केही उपलब्धिहरू सूचीवद्ध गर्दै स्वर्गीय राष्ट्रपति इब्राहिम रायसीको कार्यकालको प्रशंसा गर्नुभयो । गत चैत १ र मे १० मा भएको दुई चरणको निर्वाचनबाट संसदका २९० नवनिर्वाचित सदस्यहरू छनोट भएका थिए । यी सदस्यहरूले चार वर्षको कार्यकाल व्यवस्थापिकामा सेवा गर्ने भएका छन् ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.