रुसीमा मिखाइल मिशुस्टिनलाई पुनः प्रधानमन्त्रीमा नियुक्त

Everest Fuji News २०८१ बैशाख ३० मा प्रकाशित       Published at 2024 May 12


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रवार एक अध्यादेशमा हस्ताक्षर गर्दै मिखाइल मिशुस्टिनलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ ।

रूसी संघको संविधानको धारा ८३ को बुँदा एको अनुसार मिखाइल भ्लादिमिरोविच मिशुस्टिनलाई रूसी संघको सरकारको अध्यक्षको रूपमा नियुक्त गरिएको बताइएको छ । अध्यादेश हस्ताक्षर भएको दिनदेखि लागू हुन्छ । यसअघि शुक्रवार रुसको स्टेट ड्युमाले मिखाइल मिशुस्टिनलाई प्रधानमन्त्रीमा पुटिनको मनोनयनलाई अनुमोदन गरेको थियो । सन् २०१० देखि २०२० सम्म रूसी संघीय कर सेवाको प्रमुखको रूपमा सेवा गरेपछि मिशुस्टिनलाई २०२० मा पहिलो पटक प्रधानमन्त्री नियुक्त गरिएको थियो ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.