लागुऔषध कारोबारीहरु बिरुद्धको व्यापक कारबाहीमा टर्कीका ३६६ संदिग्ध पक्राउ

Everest Fuji News २०८१ बैशाख ३० मा प्रकाशित       Published at 2024 May 12


टर्कीका प्रहरीले लागुऔषध कारोबारीहरु बिरुद्धको व्यापक कारबाहीमा ३६६ संदिग्धलाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।

नार्कोसेलिक–१६ भनिने अपरेसनहरू २० प्रान्तमा लागुऔषध उत्पादक र डिलरहरू बिरुद्ध सञ्चालन गरिएको थियो । उक्त अपरेसनमा जम्मा २३० टोली र ९८० जना लिंगमेरी कर्मचारीको सहभागिता रहेको र ७ सय केजी लागुऔषध र १३ हजार लागुऔषध चक्की बरामद गरिएको बताउनु भयो । अवैध लागुऔषध व्यापारीहरूले ट्रान्जिट हबको रूपमा प्रयोग गरेको टर्कीले गत वर्षदेखि लागुऔषध तस्करीमा कडाई गरेको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.